काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।
संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने प्रावधान भएकाले हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्।
शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ३२४ रुपैयाँ तोकिएको छ। इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपा–१३ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएको खण्डमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij