२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्दै

आज राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्दै

1.3K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज पुस २४ गते फेरि १० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

यो ऋणपत्रको साँवा भुक्तानी एक वर्षपछि अर्थात् २०८३ साल पुस २४ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij