२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

1.3K
Shares

काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने पनि बैंठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij