काठमाडौं – आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा २४ खेलाडीमध्ये ९ खेलाडी बाहिरिएका छन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्।
यस्तै बसिर अहमद र सन्दीप जोराले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। नेपाली टोलीमा रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।
कुशल मल्लसहित आदिल अन्सारी, साहब अलाम, विनोद भण्डारी, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, प्रतिश जिसी र रूपेश सिंह भने बाहिरिएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij