काठमाडौँ- नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले आईपीओ निष्कासन गर्न पुष २० गते अनुमति पाएको हो ।
कम्पनीले १०० अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij