२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

990
Shares

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक बसाल्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो ।
सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, अध्यक्षताले सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजना गर्ने तयारी गरेको छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ ।
समाचारअनुसार, संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाविरुद्ध सैन्य कारबाही सञ्चालन गर्दै राजधानी काराकासबाट भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij