२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले आज फेरि २५ अर्बको अर्को ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले आज फेरि २५ अर्बको अर्को ऋणपत्र जारी गर्दै

1.4K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलमार्फत एक वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोही आधारमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij