काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।
पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। यस अनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij