२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1.7K
Shares

काठमाडौं– नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला दुई हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij