काठमाडौँ-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षका लागि शेययरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत) गरी कुल २५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही लाभांशमध्येको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij