२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

1.2K
Shares

काठमाडौँ- काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलामा पीडितहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । गैर न्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै साँचल सङ्घर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति, बागमती–मनोहरा सरोकार समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमा ‘फैसला होइन न्याउ देउ, गैर न्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘खोला नदीको मापदण्ड खारेज गर’ भन्ने नाराका साथ विरोध प्रदर्शन भएको हो ।

सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०÷२० मिटर छाडेर मात्र संरक्षण बनाउन पाइने आदेश दिएको थियो । सो निर्णयको खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij