काठमाडौं– साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अकंले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १० उपसूचक ओरालो लागेका छन् । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्र्रैमाससम्मको वित्तीय विवरण आएकै दिन बजारमा सोहि समूहको शेयर मूल्यमा भारी गिरावट देखिएको हो । आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको २.२२ प्रतिशत र फाइनान्स समूहको प्१.७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य समेथ स्थिर रहेको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij