२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकको नाफा ६३ करोड ५१ लाख

गरिमा विकास बैंकको नाफा ६३ करोड ५१ लाख

725
Shares

काठमाडौं–  गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १६.५६ प्रतिश बढेको छ। त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.८० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.५० प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ८४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ २४ पैसा रहेको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४४ करोड १९ लाख रुपैयाँबाट घटेर ३८ करोड २४ लाख रुपैयाँ पुगेको छ।

६ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। बैंकले पस मसान्तसम्ममा ९१ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपयाँ ७६ पैसा बढेर २१ रुपैयाँ १० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.५३ गुणा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५९ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij