२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

925
Shares

काठमाडौं–  मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ६७ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६१ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.६१ प्रतिशत र सञ्चालन मुनाफा ३५.०२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.९८ प्रतिशतबाट घटेर ३.७५ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ८२ करोड ७१ लाख रुपैयाँबाट घटेर ६१ करोड ६ लाख रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा रहेको छ।

८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८० पैसा पुगेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij