काठमाडौं – जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्यप्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
नृत्यनिर्देशक राजाराम सिम्खडाले नृत्य निर्देशनमा देखाएको कलाले दर्शकलाई स्वस्फूर्त ‘नाचौँ नाचौँ’ बनाउँछ । कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय कला र नृत्य दुवैमा कौशल खुलेको देख्न सकिन्छ । अनुभवी छायाँकार राजेश घिमिरेले छायाङ्न गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् ।
गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोका निर्देशक नरेन्द्रराज भट्टराई हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij