२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

1.2K
Shares

काठमाडौं– सिद्धार्थ बैंक र आइएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार लाजिम्पाटस्थित होटलले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकाली स्थित इला रिसोर्टस्, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरा स्थित द् लेक रिट्रिटमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij