काठमाडौं– नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा भएको संघको २१ औं साधारणसभा दशौं अधिवेशनबाट आचार्यले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
उनको नेतृत्वमा नयाँ कार्यसमितिमा सर्वसम्मत चयन भएको छ। १५ सदस्यीय समितिको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह-कोषाध्यक्षमा महेश जोशी छन्।
कार्यसमिति सदस्यहरूमा राम हरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्ण हरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया चयन भएका छन्।
दोस्रो कार्यकालका निर्वाचित भएपछि अध्यक्ष आचार्यले रिकन्डिसन व्यवसायीहरूको हकहितका लागिनिरन्तर काम गर्ने बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij