२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

875
Shares
oppo_2

स्याङ्जा-दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीसहित दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मीलगायत उम्मेदवार रहेका छन् ।

क्षेत्र नं २ मा ११ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी परेको क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्मालगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij