काठमाडौं – सुप्रिम हेल्थकेयर लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले आज माघ ६ गते आवेदन दिएको हो।
कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हो । बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
सुप्रिम हेल्थ केयर लि. वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाण्डौंमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij