२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

1.3K
Shares

काठमाडौं – कुमारी बैंककोसंस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। शेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।

तोकिएको अवधिसम्म विद्यमान संस्थापकबाट कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij