काठमाडौं– बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा २०८२ पुष ३० गते तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटकीय नगरी बन्दीपुरको विकासमा एउटा नयाँ इँटा थप्दै आएको यस परियोजनाले आफ्नो पाँचौँ साधारण सभा मार्फत विगतको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि महत्वपूर्ण रणनीतिक योजनाहरू पारित गरेको छ ।
सभाले बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले “बन्दीपुरको पर्यटन विस्तारमा स्थानीय सरकारले सदैव सहयोग गर्ने“ बताउनुभयो । बन्दीपुर तथा यहाँ उत्पादित वस्तुहरुलाई विश्वभर चिनाउनको लागि सबैले आ,आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने अध्यक्ष थापाले बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुरको समग्र पर्यटनलाई विश्व स्तरमा पु¥याउने लक्ष्य लिएको बताउनुभयो । शेयरधनीहरूको विश्वास र स्थानीयको सहयोगले यो परियोजना आजको उचाइमा आइपुगेको अध्यक्ष शर्माले उल्लेख गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडका कर्मचारीहरूलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने कर्मचारीहरूमा कुश्मा थापा मगर, कुशल थापा मगर, वीर बहादुर परियार, राजु गुरुङ, सुन्दर श्रेष्ठ, प्रवेश खड्का तथा सुस्मिता सुनार रहनुभएको छ । यस्तै कार्यक्रममा निवर्तमान सञ्चालकहरू शिव प्रसाद शर्मा र तारानाथ उपाध्यायलाई ’मायाको चिनो’ दिएर सम्मान गरिएको छ ।
साधारण सभाबाट बन्दीपुर केवलकारको संचालकहरुमा माधव ढुंगाना र टंकराज अर्याल निर्विरोध चयन हुनुभएको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालकहरू, होल्डिङ्ग कम्पनी तथा आरकेडी ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरूका सञ्चालकहरू, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिज बजार लिमिटेड, पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड, स्काईपिक एण्ड रिक्रियसन प्रा.लि., सिद्धगुफा रोपवेज प्रा.लि., तथा बन्दीपुर ब्याङ्क्वेट प्रा. लि.का सञ्चालकहरू, शेयर सदस्यहरू, जग्गादाताहरू, परामर्शदाता, निर्माण सेवाप्रदायक कम्पनीका प्रतिनिधिहरू, स्थानीय बासिन्दा, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले केबलकार प्रणाली र सम्बन्धित पर्यटनको विकास र व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै नेपालको बढ्दो पर्यटन उद्योगलाई विश्वसामु चिनाउन विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ । आगामी दिनमा कम्पनीले पर्यटकहरूको संख्यामा वृद्धि र रोजगारीका अवसरहरू सिर्जना गरी दिगो पर्यटन प्रवद्र्धन गरेर स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij