काठमाडौं– नेपाली बजारमा माघ २ गते, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १६० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ थियो।
आज चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँ बढेको छ। आज चाँदी तोलाको ५ हजार ६४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलाको ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij