२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्जुश्री फाइनान्सद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

मन्जुश्री फाइनान्सद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

665
Shares

काठमाडौं– मन्जुश्री फाईनान्स लिमिटेडले Manjushree Virtual Credit Card सार्वजनिक गरेको छ । Manjushree Smart, मोबाइल बैंकिंग एप मार्फत सजिलै कारोबार गर्न सक्ने यस Manjushree Virtual Credit Card बाट ग्राहकहरुले फोनपेको कुनै पनि Merchant QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

आफ्नो मोबाइलमै हुने, आफुले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्युनतम १५ दिन देखि अधिकतम ४५ दिन सम्म बिना ब्याज क्रेडिट कार्ड सिमा सम्मको सुबिधा उपभोग गर्न मिल्ने व्यवस्था यस Manjushree Virtual Credit Card मा रहेको छ । आफ्नो क्रेडिट कार्ड लिमिट सम्मको रकम सहजै चलाउन मिल्ने तथा QR scan गरि सजिलै भुक्तानी गर्न मिल्ने जस्ता सुबिधा रहेको Manjushree Virtual Credit Card ले ग्राहकहरुलाई थप बित्तिय सेवा दिने विश्वास फाईनान्सले राखेको छ ।

हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २७ शाखाको साथै एउटा विस्तारित काउन्टरबाट सेवा उपलब्ध गराईरहेको छ ।

१ लाख ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिदै आइरहेको यस फाईनान्सले Manjushree Virtual Credit Card लाई नवीन सुबिधाको रुपमा सुचारु गरेको छ । Virtual Credit Card को सुबिधा दिने मन्जुश्री फाईनान्सहरु मध्ये कै पहिलो फाइनान्स कम्पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij