२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

1.7K
Shares

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij