२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिन्ध्यवासीनी हाइड्रोपावरको साधारणसभा सम्पन्न

बिन्ध्यवासीनी हाइड्रोपावरको साधारणसभा सम्पन्न

890
Shares

काठमाडौं – बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सर्वसाधारण शेयरमा परिणत हुने गरि ऋणपत्र निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

सभाले ७ जना संचालक पनि निर्वाचित गरेको छ। नव निर्वाचित संचालकहरुमा सुदिप आचार्य, धन कुमारी अधिकारी, तम प्रसाद गुरुङ, ओम प्रसाद गुरुङ, कुशल सुन्दर श्रेष्ठ, शतिस शर्मा र सुशील खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij