२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंक र नेसनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता

नेपाल बैंक र नेसनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता

1.3K
Shares

काठमाडौं – नेपाल बैंक र नेसनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई नेसनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. का विभिन्न स्थानहरूमा रहेका प्याथ ल्याब क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवाको लागि सर्तमा (निःशुल्क होम डेलिभरीको सुविधासहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij