२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वस्तिक लघुवित्तको सीइओमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त

स्वस्तिक लघुवित्तको सीइओमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त

1.6K
Shares

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त भएका छन् । लघुवित्तको पुस १३ गते बसेको संचालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालको लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार कर्णको नयाँ कार्यकाल २०८२ माघ १ गतबाट सुरु हुने छ। कम्पनीले यस अघि उनलाई २०७८ माघ १ गतेदेखि लागू हुने गरि सीइओ नियुक्त गरेको थियो। उनको ४ वर्षको कार्यकाल सकिन लागेकोले कम्पनीले उनलाई नै फेरि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कर्ण १५ वर्षदेखि लघुवित्त क्षेत्रमा संलग्न छन् । यस लघुवित्त वित्तीय संस्था “घ” वर्गको प्रदेशिकस्तरको वित्तीय संस्था हो जसको कार्यक्षेत्र मधेस प्रदेश (प्रदेश नं. २) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij