काठमाडौं – लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारणसभा आज (सोमबार) काठमाडौंमा सम्पन्न भयो । साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij