काठमाडौंं– ७ कम्पनीको लाभांश सुरक्षित गर्ने पुस १४ गते अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारणसभा प्रयोजनार्थ १ कम्पनीले भोलि र ६ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछन्। भोलि सार्वजनिक बिदा भएकोले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।
आज नबिल बैंकको १२.५ प्रतिशत नगद लाभांश, आइजीआई प्रुडेन्सियल इस्योरेन्सको ५ प्रतिशत नगद लाभांश, बुटवल पावर कम्पनीको ६ प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
त्यस्तै, सपोर्ट लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश, मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत र छिमेक लघुवित्तको १२.५ प्रतिशत बोनस शेयर १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij