२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एनआइसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

1.6K
Shares

काठमाडौं – एनआइसी एसिया बैंकको अध्यक्षमा अशोक अग्रवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गरेको हो ।

यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अग्रवाल औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनी आयात–निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता सस्थाहरुसँग आवद्ध छन् । यसअघि उनी प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको अध्यक्ष भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij