२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

1.6K
Shares

काठमाडौं -सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १४ हजार १२०.०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता सोही संस्थाकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले बैंकका संस्थापक शेयरधनीले किन्न पाउनेछन्।

शेयर किन्न चाहने सिटिजन्स बैंकका विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

बेच्न राखिएको संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। तोकिएको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर किन्न निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया थालिने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij