२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा

1.4K
Shares

काडमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अन्य लघुवित्तसँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालकहरूको बैठक भत्ता बढाउने र सञ्चालक समितिका लागि ३ जना सर्वसाधारण शेयरधनीको निर्वाचन पनि सभाले गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते कम्पनीको शेयर दाखिल खारेज गर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij