२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इष्टर्न हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

इष्टर्न हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

1.4K
Shares

काठमाडौं – इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २७ गते हुन लागेको आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। सभा संचालक समितिमा सस्थापक समूहवाट प्रतिनिधित्व गर्ने ५ जना, सर्व साधारण समूहवाट प्रतिनिधित्व गर्ने १ जना र स्वतन्त्र समूहवाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि हुनेछ।

कम्पनीले साधारणसभाको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij