काठमाडौं – एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज ३ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।
बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। एनएमबि बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij