काठमाडौं– नगरकोट रिसोर्ट लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकाे छ । हाेटल तथा पर्यटन समूह अन्तर्गत रहेर हाेटलले दिएकाे आवेदन सेबाेनकाे आईपीओ पाइपलाइनमा छ।
नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष २०८२/८३ को आईपीओ आवेदन सूची अनुसार, नगरकोट रिसोर्ट लिमिटेडले १५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पेश गरेको हाे। कम्पनीकाे शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेकाे छ।
यस होटल परियोजनाको विकास तथा संरचनागत तयारीका क्रममा ज्योति क्यापिटल लिमिटेडले संस्थागत परामर्श प्रदान गरेको थियो। रिसाेर्टकाे रेटिङ हुँदा केयर-एनपी बीबी रेटिङ पाएकाे छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij