२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको लाभांश घोषणा

अपि पावरको लाभांश घोषणा

1.1K
Shares

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले ५ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको १:०.३० को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मे.वा क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पुस २९ गते काठमाडौँको बबरमहल स्थित कार्की ब्यान्क्वेटमा साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij