काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २९ गते ललितपुरस्थित कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij