२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गंगा सोनामको स्वरमा रहेको “ल्याउंछु सोरेर” सार्वजनिक

गंगा सोनामको स्वरमा रहेको “ल्याउंछु सोरेर” सार्वजनिक

1.5K
Shares

काठमाडौं- नेपाल आईडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा सजिएको “ल्याउंछु सोरेर” नामक म्यूजिक भिडियो साझा चौतारी नामक यू—ट्यूव च्यानलमा प्रसारण भएको उक्त गीतमा राम ढुङ्गानाको शब्द तथा गायन रहेको छ । उक्त गीतको संगीतमा सुन्दाश एस.के.ले राम ढुङ्गानालाई साथ दिएका छन् । गीतमा
संगीत संयोजन राम कुमार नेपालीको रहेको छ । काठमाण्डौं संगै जोडिएको नुवाकोटको शिवपुरी गा.पा. वडा नं. ४ स्थित पुंडी भञ्ज्याङका सुन्दर दृष्यलाई बुद्ध थापा एण्ड टिमको भिडियोग्राफीले झन सुन्दर बनाएर प्रस्तुत गरेको देखिन्छ । हालका चर्चित कोरियोग्राफर मुकेश नेपालीको कोरियोग्राफीमा चर्चित मोडल जुना बिश्वकर्मा र श्रवण पाख्रिनलाई फिचरिङ्ग गरिएको सो भिडियोमा आस्था कला केन्द्रका विद्यार्थीहरुले ग्रुप नृत्य गरेका छन् । सोहि केन्द्रका संस्थापक÷निर्देशक रमेश थापाको परिकल्पनामा तयार भएको सो भिडियोलाई आस्था फिल्म एण्ड आर्टस् एकेडेमीको टेवलमा नरोत्तम पाण्डेले सम्पादन तथा कलरिङ्ग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij