काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।आइतबार सुनको मुल्य एक सय रुपैयाँले घटेको हो । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको गत शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार ४०० रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij