२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन् २०२४ जुलाईदेखि गाजामा उद्धारका लागि पर्खिरहेका एक हजारभन्दा बढी बिरामीको मृत्यु : डब्ल्यूएचओ

सन् २०२४ जुलाईदेखि गाजामा उद्धारका लागि पर्खिरहेका एक हजारभन्दा बढी बिरामीको मृत्यु : डब्ल्यूएचओ

1.1K
Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले शुक्रबार युद्धग्रस्त गाजामाउपचारको लागि उद्धारको पर्खाइमा रहेका एक हजारभन्दा बढी बिरामीको मृत्यु भएको बताएको छ।

संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक्समा भन्नुभएको छ, “संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले युद्ध सुरु भएदेखि दुई वर्षभन्दा बढी समयमा ‘गम्भीर स्वास्थ्य समस्या भएका १० हजार ६०० भन्दा बढी बिरामीहरूलाई गाजाबाट उद्धार गरेका थिए, जसमा पाँच हजार ६०० भन्दा बढी बच्चाहरू पनि रहेका छन्।

उहाँले भन्नुभयो, “धेरै बिरामीहरू गाजामा उचित स्वास्थ्य सेवा प्राप्त गर्न गाजाबाट बाहिर निस्कने उद्धारका लागि पर्खिरहेका छन् ।”

हमास नियन्त्रित गाजास्थितस्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै टेड्रोसले भन्नुभयो, “सन् २०२४ जुलाई र सन् २०२५ नोभेम्बरको बीचमा एक हजार ९२ बिरामीहरूको उद्धारको पर्खाइमा रहेका समय नै मृत्यु भएको छ।”

“यो तथ्याङ्क वास्तविक मृत्यु सङ्ख्याभन्दा कम रिपोर्ट गरिएको हुन सक्छ,” उहाँले भन्नुभयो ।

“गाजाबाट बिरामीहरूका लागि थप देशहरू जाने मार्ग प्रशस्त गर्न र पूर्वी जेरुसेलमसहित वेस्ट बैङ्कमा चिकित्सा निकासी पुनस्र्थापना गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता तारिक जसारेभिचले शुक्रबार जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “गाजा बाहिर करिब १८ हजार ५०० बिरामीहरूलाई अझै उपचारको आवश्यकता छ, जसमा चार हजारभन्दा बढी बालबालिकाहरू छन्।”

‘डक्टर्स विदाउट बोर्डर्स’का एक अधिकारीले यसै महिनाको सुरुमा एएफपीलाई डब्ल्यूएचओको तथ्याङ्कमा दर्ता भएका बिरामीहरू मात्र उल्लेख गरिएको र तत्काल उद्धार गर्नुपर्ने वास्तविक सङ्ख्या कैयौँ गुणा बढी रहेको बताउनुभएको थियो ।

“यी मध्ये धेरैसँग पर्खने समय छैन,” जसारेभिकले भन्नुभयो ।

डिसेम्बर १ सम्म विश्वका ३० भन्दा बढी देशहरूले गाजाबाट उपचारको आवश्यकता रहेका बिरामीहरूलाई लिएका थिए तर इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) सहित थोरै देशहरूले मात्र ठूलो सङ्ख्यामा बिरामीहरू लिएका थिए।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्धलाई अमेरिकाको पहल र इजिप्ट र कतारको मध्यस्थतामा गरिएको युद्धविराम सम्झौताले रोकेको छ ।

अक्टोबर १० देखि लागू भएको यो सम्झौता कमजोर छ किनकि इजरायल र हमासले लगभग दैनिक रूपमा एक अर्कालाई सम्झौता उल्लङ्घनको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij