२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न सर्वोच्चकाे आदेश

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न सर्वोच्चकाे आदेश

1.5K
Shares

काठमाडौँ –सर्वाेच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न आदेश दिएकाे छ। आईपीओको प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा शुक्रबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले माग बमोजिम नहुने अन्तिम आदेश जारी गरेको हो ।

नेपाल सेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेल मंसिर २२ गते रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । तर, २३ गते सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले मुद्दा दरपिठको आदेश दिएका थिए । दरपिठको आदेशविरुद्ध इजलासमा निवेदन पुगेपछि २६ गते रिट दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij