काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै सक्रिय राजनीतिमा निरन्तर सहभागिता जनाउँदै आएका नुवाकोटका शिव थापाले संघीय संसदको समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार बन्न एकल दावेदारी प्रस्तुत गरेका छन्। संघिय संसदका लागी समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा खस आर्य समुहबाट आवेदन दिएका थापाको मात्र नाम परेको रास्वपाले प्रकाशित गरेको उम्मेद्धवारी सुचिमा देखिन्छ । पार्टीभित्र लामो समयदेखि नीतिगत, संगठनात्मक तथा रणनीतिक भूमिकामा सक्रिय रहँदै आएका थापाको नाम बन्द सत्रमा समावेश हुने प्रवल सम्भावना देखिएको छ। पार्टी स्रोतका अनुसार बागमती प्रदेशबाट केन्द्रीय तहसम्म उनको योगदानलाई उच्च मूल्यांकन गरिएको छ।
थापाले पार्टीको सुरुको चरणमा बागमती प्रदेश उपप्रमुख शिक्षा विभागको जिम्मेवारी सम्हाल्दै शिक्षासम्बन्धी नीतिगत पहलको नेतृत्व गरेका थिए। त्यसपछि प्रदेश समिति तथा सचिवालय सदस्यका रूपमा रणनीतिक योजना निर्माण र पार्टी सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरे। उनले विभिन्न जिल्लाका पालिकामा निर्वाचन प्रमुखका रूपमा स्थानीय तहका पार्टी निर्वाचनहरू सफलतापूर्वक सञ्चालन गर्नुका साथै केन्द्रीय नीतिनिर्माण मञ्चमा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै नीतिगत योगदान दिएका छन्। साथै, ब्लु प्रिन्ट अनुगमन सदस्यका रूपमा नीति कार्यान्वयन र संगठनात्मक प्रभावकारिताको अनुगमनमा पनि उनी सक्रिय रहे।
राजनीतिसँगै शैक्षिक क्षेत्रमा समेत थापाको सशक्त पहिचान छ। विगत १० वर्षदेखि विभिन्न शैक्षिक संस्थाको नेतृत्व, पुस्तक लेखन, काठमाडौँ विश्वविद्यालयमा एम।फिल। रिसर्च फेलोका रूपमा अनुसन्धानमा संलग्न रहँदै आएका उनी देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि तालिम प्रशिक्षकका रूपमा समेत कार्यरत छन्। यही बहुआयामिक अनुभव र संगठन निर्माणमा सक्रिय सहभागिताका कारण रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा उनको नाम प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij