काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । सेन्ट्रल फाइनान्स को पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij