२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भुजुङ हाईड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने

भुजुङ हाईड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने

1.2K
Shares

काठमाडौं – भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन गर्दैछ ।

जसमा कम्पनीले १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ । जसमध्ये लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ स्थित प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख कित्ता तथा सोही गाउँपालिकाका अन्य वडाहरु (१, २, ३, ५, ६, ७, ८ र ९) का अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख कित्ता सेयर छुट्याइएको हो। यस्तै, कम्पनीले १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका दुवै लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका लागि छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाले कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकका बेंसीशहर शाखा, क्व्होलासोथार गाउँपालिका–४ को कार्यालय तथा कम्पनीको काठमाडौंस्थित कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij