काठमाडौं– नेपाली बजारमा पुस २ गते, बुधबार सुनचाँदीको मूल्य बढेको छ।आज सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला तीन हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij