काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी पुस २३ गते ललितपुरको कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजे देखी वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरेर स्वीकृत गर्ने, दुई आवको लेखापरिक्षणको प्रतिवेसन, वित्तीय विवरण, नाफा नोक्सान, नगद प्रवाह छलफल गरी पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको संस्थापक प्रतिनिधित्व हुने गरी एक जान महिला समेत गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने सभाको एजेन्डा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij