काठमाडौ – ज्योती बिकास बैकका कर्मचारीलाई दुव्र्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको बैंकले स्रोतले जनाएको छ ।पक्राउ पर्नेमा ५१ वर्षीय सञ्जीव चौधरी र उमाकान्त चौधरी रहेका छन्।
ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले कर्मचारीलाई फार्ममा बोलाएर कालोमोसो दल्नुको साथै कुटपिट गरेका थिए ।
बैंकले प्रहरीमा जाहेरी दिएर अहिले अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij