२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको तेस्रो वार्षिक साधारण सभा आब्हान

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको तेस्रो वार्षिक साधारण सभा आब्हान

1.3K
Shares

काठमाडौं– श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते क्लब डे नोभोको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि पुस ७ गतेदेखि २४ गतेसम्म बुक क्लोज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij