काठमाडौं -हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित क्यापिटलको केन्द्रीय कार्यालय (आइटी प्लाजा) मा आयोजना गरिएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजना प्रस्तुत गर्दै सेयरधनी, ग्राहक तथा सरोकारवालाहरूको निरन्तर साथ र सहयोगप्रति आभार व्यक्त ग रे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले प्रविधिको उच्चतम प्रयोगमार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक, डिपोजिटरी तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij