२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एचआईडीसीएलको साधारणसभा आह्वान, लाभांश पारित गर्ने

एचआईडीसीएलको साधारणसभा आह्वान, लाभांश पारित गर्ने

1.5K
Shares

काठमाडौं – हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे १४औं वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस कम्पनीको शेयर खरीद गर्ने शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij